विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नुपरेको छ : अर्थमन्त्री वाग्ले
Read the full story at Onlinekhabar (Nepali)

‘विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरिरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने । २५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा.
स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार ः जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले नेपाल जस्ता जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको पनि बताए ।
‘विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरिरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसको प्रत्यक्ष असर विद्यालय तथा अस्पताल निर्माण, सामाजिक सुरक्षा र अन्य विकासका कार्यक्रममा परेको छ । ’ अर्थमन्त्री वाग्लेले नेपालको पछिल्लो विपद्पछि भारत, चीन, बेलायत, अमेरिका, युरोपेली सङ्घ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गरे ।
More business
- कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलनNepal Khabar
- Tata Power Q2 profit jumps 32% to ₹1,652 croreThe Hindu
- बालगृहका बालबालिकाले सामूहिकरूपमा मनाए भाइटीकाThaha Khabar
- Can Tehran survive a ‘zero oil’ budget, if US blockade on Iran persists?Al Jazeera
- ६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाशOnlinekhabar (Nepali)
- विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाखOnlinekhabar (Nepali)