Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता

Read the full story at Onlinekhabar (Nepali)

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो ।

त्यसपछि विमानलाई विमानस्थलको आइसोलेसन बेमा राखेर सुरक्षा जाँच सुरु गरिएको अधिकारीहरूले बताएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार विमानस्थलका निर्देशक विक्रम सिंहले उडान भर्नै लाग्दा विमानको शौचालयमा उक्त नोट फेला परेको जानकारी दिएका छन् । उडान भर्नुअघि पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई घटनाबारे जानकारी गराएका थिए ।

त्यसपछि विमानस्थलका अधिकारीहरूले आवश्यक सुरक्षा प्रक्रिया अघि बढाएका थिए ।