Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे

Read the full story at Onlinekhabar (Nepali)

संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे

मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल संसदीय सुनुवाइ समितिबाट आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका छन् । १८ कात्तिक, काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल संसदीय सुनुवाइ समितिबाट आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका छन् । सुनुवाइ समितिको अस्वीकृत गर्ने निर्णयलाई चुनौती दिँदै खरेलले यहि कातिक १८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले विपक्षी संसद् सचिवालयलाई १५ दिन भित्र जवाफ पेश गर्न आदेश दिएको छ । ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद, प्रमाण सहित म्याद सूचना तामेल भएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र विपक्षीहरुले महान्यायाधिवक्ताको कार्यालय मार्फत् लिखित जवाफ पेश गर्नू’ आदेशमा छ । साथै निवेदकले अन्तरिम आदेशसमेत माग गरेकाले त्यसबारे छलफलको लागि कात्तिक ३० गते प्राथामिकता क्रममा राखी सुनुवाईको सुनिश्चित गर्न पनि इजलासले आदेश गरेको छ ।

असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेपछि समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । उक्त अवधिमा खरेलविरुद्ध कुनै औपचारिक उजुरी परेको थिएन ।