सुनचाँदीको मूल्यमा ४ प्रतिशतभन्दा धेरै गिरावट, सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँ घट्यो
Read the full story at Bizmandu

काठमाडौं। सुनको मूल्यमा भारी गिरावट भएको छ। सुनको मूल्य शुक्रबार तोलामा १२ हजार ६०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला २ लाख ७१ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ।
यसअघि कात्तिक २३ गते सुन प्रति तोला २ लाख ८४ हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ तोलामा १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँमा आइपुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेपछि नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ ४ प्रतिशतभन्दा धेरै घटेको हो।
महासंघका अनुसार सुनको भाउ ४.४३ र चाँदीको भाउ ४.०२ प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य ३९१७.८९ र चाँदीको भाउ ५०.३४ डलरमा आइपुगेको छ। The post सुनचाँदीको मूल्यमा ४ प्रतिशतभन्दा धेरै गिरावट, सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँ घट्यो appeared first on BIZMANDU .
More business
- नेपाल एसबीआई बैंकको लाभांश घोषणाOnlinekhabar (Nepali)
- Rupee rises 7 paise to 94.05 against U.S. dollar in early tradeThe Hindu
- एमाले राष्ट्रिय भेला : कार्यकर्ताको निराशा र संगठनात्मक अराजकता चिर्ने अपेक्षाRatopati
- एलिस हुआङ चिनियाँ जासुस हुन् कि होइनन् ? अमेरिकी न्याय विभाग अझै निष्कर्षमा पुग्न सकेनRatopati
- युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रहNagarik News
- सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १८.४२ प्रतिशत प्रतिफल दिनेBizmandu