पूर्वी हिमालयमा फेला परे भ्यागुताका पाँच नयाँ प्रजाति
Read the full story at Ratopati

नयाँ दिल्ली । भारतको पूर्वी हिमाली क्षेत्रमा वैज्ञानिकहरूले सिङ भएका साना भ्यागुता (हर्न्ड फ्रग) का पाँच नयाँ प्रजाति फेला पारेका छन्। यो अनुसन्धानसँगै ‘जिङ्गोफ्रिस’ समूहमा सूचीकृत भ्यागुताका ज्ञात प्रजातिको सङ्ख्या दोब्बरभन्दा बढी पुगेको छ। दिल्ली विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले पाँच वर्ष लामो स्थलगत अध्ययनपछि यी नयाँ प्रजातिहरूको पहिचान गरेको हो।
पत्ता लागेका नयाँ प्रजातिहरूमध्ये ‘जिङ्गोफ्रिस तानोगोगो’ (शंखेकिरा खाने सिङ भएको भ्यागुता) विशेष चर्चामा छ। यो भारतमा शंखेकिरा खाने पहिलो ज्ञात भ्यागुता बनेको छ। आफ्नो सम्पूर्ण जैविक परिवारमै यस्तो आहार लिने अभिलेख भएको यो नै पहिलो प्रजाति हो। यो अनुसन्धानले भ्यागुताको क्रमिक विकासमा हिमालय पर्वतमालाले पहिले सोचिएभन्दा धेरै ठुलो भूमिका खेलेको तथ्य उजागर गरेको छ।
साथै, यसले ओझेलमा परेको हिमाली क्षेत्रको जैविक विविधताको महत्त्वलाई पुनः स्थापित गरेको छ। उष्णकटिबन्धीय जंगलदेखि उच्च हिमाली घाँसे मैदानसम्म फैलिएको हिमालय क्षेत्र विश्वकै सबैभन्दा धनी जैविक विविधता भएका क्षेत्रहरूमध्ये एक मानिन्छ। वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको आकर्षण रहे पनि यस क्षेत्रका धेरै भूभाग अझै पूर्ण रूपमा अन्वेषण हुन बाँकी छन्। विशेषगरी भारतको अरुणाचल प्रदेश अध्ययनका दृष्टिले सबैभन्दा कम खोजी गरिएको क्षेत्रका रूपमा रहँदै आएको छ।
More environment
- ‘पीपी-२६’ मा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दाNepal Khabar
- A 10-day festival in Delhi celebrates the Himalayan landscape, its people, and cultureThe Hindu
- Why telling stories from the Himalaya is ‘an argument against extinction’The Hindu
- Why Himalayan towns need a different kind of development | ExplainedThe Hindu
- Rampur’s Lavi Fair: Storytelling through 300 years of Himalayan trade and traditionThe Hindu
- लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप नबस्ने महामन्त्री पौडेलको चेतावनीRatopati