Skip to main content
वातावरणRatopati

लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप नबस्ने महामन्त्री पौडेलको चेतावनी

Read the full story at Ratopati

लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप नबस्ने महामन्त्री पौडेलको चेतावनी

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन कांग्रेस बाध्य हुने बताए ।

पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्ने धारणा राखे । निर्धारित समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ । स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबिच मात्रै गराउने सोच सरकारको भए संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सरकारले कुनै गृहकार्य नगरेको टिप्पणी गरे ।

‘सरकारले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन गर्न कुनै ठोस गृहकार्य गरेको देखिँदैन । बरु आगामी चैतमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयमै अन्योल सिर्जना भएको छ,’ पौडेलले भने, ‘तोकिएको समयमा निर्वाचन गराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिनु अहिलेको प्रमुख विषय हो । ’ उनले स्वतन्त्र उम्मेदवारबिच मात्रै प्रतिस्पर्धा हुने व्यवस्था ल्याउन संविधान संशोधन आवश्यक पर्ने तर सरकारले त्यसका लागि कुनै तयारी नगरेको दोहोर्‍याए ।