बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ
Read the full story at Nagarik News

काठमाडौंको बालुवाटारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट’ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा आइतबार राति रेस्टुरेन्टमा पुगेको प्रहरी टोलीले जुवाको खालबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद, ९ बुक तास र १० थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद, २८ वर्षीय सरोज कार्की र ३४ वर्षीय अनिल भण्डारी रहेका छन्। त्यस्तै काठमाडौं-२ का ३७ वर्षीय गणेश मान श्रेष्ठ र बुढानीलकण्ठ नगरपालिका-१२ का ३१ वर्षीय सोनाम शेर्पा पनि पक्राउ परेका छन्। यसैगरी, ललितपुर महानगरपालिका-२५ का २२ वर्षीय अनिल लामिछाने, संखुवासभाको सभापोखरी गाउँपालिका-६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ का २१ वर्षीय महेन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैमाथि प्रहरी वृत्त मालीगाउँले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।
More society
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar
- तिहारले आपसी एकता र सद्भाव अझ बलियो बनाओस् : कांग्रेस सभापति थापाDC Nepal
- West Bengal to institute 'Seema Mitra' award for BSF, SSB, police personnel from 2027: SuvenduThe Hindu
- सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्नेOnlinekhabar (Nepali)
- सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरारNagarik News
- Hong Kong’s top drama school to stage entrance as university town expands campusSouth China Morning Post