गाउँकै आँगनमा छुटेको तिहार
Read the full story at Setopati

आकाश नीलो रङको फराकिलो क्यानभासझैँ खुल्थ्यो, हावामा शीतलता घुल्थ्यो र गाउँका पाखापखेराले कुनै अदृश्य उत्सवको स्वागतमा आफूलाई सजाउन थाल्थे। दसैंको आगमनसँगै सुरू हुने उल्लास तिहारसम्म आइपुग्दा झन् रंगीन बन्थ्यो। लाग्थ्यो, ऋतु मात्र फेरिएको छैन, सिङ्गो गाउँ नै खुसीको नयाँ रङमा रङ्गिएको छ। अहिले ती दिनहरू सम्झनामा मात्र बाँकी छन्। समयको लामो यात्रामा गाउँ त उहीँ छ तर गाउँभित्रको त्यो पुरानो रौनक कतै टाढा छुटिसकेको छ।
लाग्थ्यो, प्रकृतिले आफ्ना सबैभन्दा सुन्दर रङहरू गाउँकै आँगनमा पोखिदिएकी छ। बिहानको पहिलो घाम फूलका पत्रपत्रमा स्पर्श गर्न आइपुग्दा शीतका थोपा मोतीझैँ टल्किन्थे। घामको न्यानो स्पर्शले लजाएका फूलहरू मुस्कुराएझैँ देखिन्थे। खेतका गह्रामा धानका बाला हावासँगै बिस्तारै झुल्थे। पाक्न लागेका धानका सुनौला बाला आफ्नै समृद्धिको कथा सुनाइरहेझैँ लाग्थे।
कतै धानको सुगन्ध, कतै फूलको बास्ना र कतै चुलोबाट निस्किएको धुवाँ मिसिएर गाउँको हावालाई नै आत्मीय बनाउँथ्यो। साँच्चै, त्यतिबेला गाउँ एउटा बस्ती मात्र थिएन, प्रकृतिले प्रेमपूर्वक सजाएको एउटा जीवन्त उत्सव थियो। घरआँगनको सरसफाइ र लिपपोत सुरू हुन्थ्यो। चिटिक्क पारिएका दलान, आँगनमा बनाइएका रङ्गीचङ्गी मण्डप र ढोकामाथि झुन्ड्याइएका फूलका मालाले हरेक घरलाई उत्सवको घर बनाउँथे।
More society
- भीमफेदी गाडी दुर्घटनाका घाइते सबै एउटै वडाका बासिन्दा : सर्लाही प्रहरीNepal Khabar
- Senior IPS officer Najmul Hoda appointed Tambaram Police CommissionerThe Hindu
- NIT-K to award degrees to 1,986 students at 24th convocation on November 14The Hindu
- Armed gang hijacks cab at knife-point, Bengaluru police trace stolen car within hoursThe Hindu
- More than 1,800 Italian schools targeted by new hoax bomb alertsAl Jazeera
- Malankara Orthodox Church responds to Patriarch of Antioch’s call for peace, stresses respect for court verdictsThe Hindu