राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता
Read the full story at Ratopati

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवको अवसर पारेर आजदेखि जनकपुरधाममा सुरु भएको प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाका खेलाडी सहभागी भएका छन् ।
‘खेली मधेस, जिती मधेस’ नारासहित सञ्चालन भइरहेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ । मधेस खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुका अनुसार १०औँ राष्ट्रिय खेलकुदमा ३२ विधाका खेल समावेश गरिएकामा मधेस प्रदेशले २९ विधामा सहभागिता जनाउने तयारी गरेको छ । प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, खो–खो, ह्यान्डबल, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, बुद्धिचाल, उसु, हक्कीलगायतका खेल समावेश छन् ।
प्रदेशमा खेलकुदको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्यसचिव कानुले बताए । उनले खेलकुद क्षेत्रको बजेट कटौतीप्रति चिन्ता व्यक्त गर्दै खेलाडीको क्षमता अभिवृद्धि र आवश्यक खेल पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
More sports
- विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागीOnlinekhabar (Nepali)
- कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउRatopati
- स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्यौँ : प्रशिक्षक चन्द्रपालRatopati
- Portugal vs Denmark: UEFA Nations League – predictions, how to watch, teamsAl Jazeera
- Janakpur collapse against Chitwan in must-win matchKathmandu Post
- Germany's Nmecha won't repeat controversial goal celebrationDW