Skip to main content
विश्वNagarik News

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

Read the full story at Nagarik News

रुस, युक्रेन र अमेरिकाबीच मंगलबार र बुधबार अबुधाबीमा नयाँ चरणको त्रिपक्षीय वार्ता हुँदै छ । यसवर्ष जनवरी र फेब्रुअरीमा अमेरिकी मध्यस्थतामा भएका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि पुनः वार्ता हुन लागेको हो । अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहयोग र शान्तिका लागि आगामी कदमबारे छलफल हुनेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

युक्रेनी प्रतिनिधिमण्डलका सदस्य तथा सांसद दाभिड अराखामियाले तत्काल ठूलो प्रगतिको अपेक्षा नरहेको बताएका छन् । लामो अन्तरालपछि त्रिपक्षीय वार्ता पुनः सुरु हुनु नै सकारात्मक उपलब्धि भएको उनको भनाइ छ । वार्तामा को–को सहभागी हुँदैछन् ? अमेरिकाबाट विशेष दूत विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर सहभागी हुनेछन् ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीको नेतृत्वमा उच्चस्तरीय सैन्य तथा गुप्तचर अधिकारीहरूको टोली पठाएको छ । युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व वैदेशिक गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले गर्नेछन् । टोलीमा सांसद अराखामियासहित कूटनीतिक र सैन्य अधिकारीहरू पनि रहनेछन् ।