नेपालगञ्जमा एमएडब्लुले सार्वजनिक गर्यो जेसीबी एग्रिम्याक्स, १० ग्राहकलाई हस्तान्तरण
Read the full story at Bizmandu
नेपालगञ्ज। एमएडब्लु अर्थमुभर्सले नेपालगञ्जमा नयाँ जेसीबी एग्रिम्याक्स सार्वजनिक गरेको छ। पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरेको हो। नेपालगञ्जमा आयोजित ‘पार्टनर इन प्रोग्रेस’ कार्यक्रममा नयाँ जेसीबी एग्रिम्याक्स सार्वजनिक गरिएको हो।
कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो। कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, बाँके अध्यक्ष लीलाराज उपाध्याय, बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एमएडब्लु अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा जेसीबी एग्रिम्याक्सको अनावरण गरेका थिए। जेसीबी एग्रिम्याक्स विभिन्न प्रकारका सामग्री ओसारपसार तथा व्यवस्थापनका लागि तयार गरिएको कम्पनीले जनाएको छ। यसमा आवश्यकताअनुसार प्रयोग गर्न सकिने विभिन्न एट्याचमेन्ट जडान गर्न सकिन्छ।
बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्प यसका प्रमुख विशेषता हुन्। यो मेसिन कृषि क्षेत्रका साथै प्लाइवुड उद्योगमा पनि उपयोगी छ। आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा, गिट्टी र बालुवा डिपोमा समेत यसको प्रयोग गर्न सकिन्छ।
More society
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- Coimbatore court orders immediate medical consultation for diabetic prisonerThe Hindu
- Childminder who left more than 20 children alone in her home jailedBBC
- For NDA govt., welfare, relief ops take priority over polls and politics, says NaiduThe Hindu
- देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्रNagarik News