वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर
Read the full story at Thaha Khabar

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ। छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ। छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको प्रयास भए पनि वन्यजन्तुमाथि छाडा कुकुरको आक्रमण नरोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए। उनका अनुसार गत आव २०८२। ८३ मा मनाङको हुम्डेमामा छाडा कुकुरको आक्रमणबाट चारवटा कस्तुरीमृग मरेका थिए।
आव २०८१। ८२ मा हुम्डेमै एउटा कस्तुरीमृग र आव २०८०। ८१ मा मुस्ताङमा तीनवटा कस्तुरीमृग, एउटा स्याल, कास्कीको घान्द्रुकमा एउटा रतुवामृग र मनाङमा एउटा नाउरलाई छाडा कुकुरले सिकार गरेको थियो। “अन्नपूर्ण संरक्षण क्षेत्रका वन्यजन्तु वर्षेनि छाडा कुकुरको सिकार बन्ने गरेका छन्”, आयोजना प्रमुख डा. कडरियाले भने, “कुकुर नियन्त्रणका लागि गत वर्ष मात्र ३५५ कुकुरको बन्ध्याकरण गरिएको थियो। ” हिंस्रक स्वभाव भएका र बेवारिसे छाडिएका घरपालुवा कुकुरले वन्यजन्तुमाथि आक्रमण गर्ने गरेको उनको भनाइ छ।
छाडा कुकुरले घरपालुवा जनावरमाथि पनि आक्रमण गर्ने गरेको स्थानीयवासी बताउँछन्। छाडा कुकुरले हिमाली तथा उच्च पहाडी भेगमा चौरीमा बाच्छाबाच्छीमाथि बढी आक्रमण गर्ने गरेका छन्। आयोजना प्रमुख डा. कडरियाले संरक्षण क्षेत्रको भ्रमणमा आउने गरेका पर्यटकलाई पनि त्यस्ता कुकुरले दुःख दिने गरेको सुनाए।
More environment
- नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोडNepal Khabar
- नवनियुक्त चारै न्यायाधीशले लिए शपथNepal Khabar
- चितवनका बलर चम्किँदा जनकपुरले दियो ८९ रनको लक्ष्यNepal Khabar
- जनकपुर र चितवनको प्रतिस्पर्धामा उत्साहित समर्थक (तस्बिरहरू)Nepal Khabar
- चितवन प्लेअफ नजिक, हारसँगै बाहिरियो जनकपुरNepal Khabar
- नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौताNepal Khabar