अटो र स्कुटर ठोक्किँदा बालकसहित ७ जना घाइते, दुईको अवस्था गम्भीर
Read the full story at Nagarik News
.jpg&w=1920&q=70)
कञ्चनपुरको बेलडाँडीमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा ६ वर्षीय बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा पर्ने सडकखण्डमा बुधबार दुर्घटना भएको हो। दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका-२ का ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अर्थक खाती घाइते भएका छन्।
दिनेशको अवस्था सामान्य रहे पनि उनका छोराको अवस्था गम्भीर छ। बालकलाई थप उपचारका लागि धनगढीस्थित निशर्ग अस्पताल पठाइएको छ। त्यस्तै, अटो चालक बेलडाँडी गाउँपालिका-१ सिद्धचोकका ४५ वर्षीय ललित सिंह ठकुराठी पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ। दुर्घटनामा अटो चालकका १८ वर्षीय छोरा हिक्मत ठकुराठी, ३६ वर्षीया सुशिला ठकुराठी, उनकी १५ वर्षीया छोरी आशिका ठकुराठी र २५ वर्षीया शोभा डाँगा पनि घाइते भएका छन्।
उनीहरूमध्ये हिक्मत र आशिकाको अवस्था मध्यम रहेको छ। दुवैलाई थप उपचारका लागि मायामेट्रो अस्पताल पठाइएको छ। सुशिला र शोभाको अवस्था सामान्य रहेको छ।
More politics
- Tamil Nadu to push green cracker production in meeting with Sivakasi manufacturers this month: Minister V.K. RajeevThe Hindu
- लेडी ट्राभलर : घुम्दै देखाउँदैछन् ‘लुकेको नेपाल’Onlinekhabar (Nepali)
- Cabinet approves ₹2,390 crore metro rail link from Noida Sector 51 to Greater Noida Sector 4The Hindu
- Top news of the day: Three injured after terrorists open fire on CRPF personnel in Kulgam; Cabinet approves development of North and South Block complex as museum; and moreThe Hindu
- Opposition slams KCHR chairperson appointment amid allegations of search panel bypass and resignationsThe Hindu
- US House votes to derail impeachment of Defense Secretary HegsethFrance 24