Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

Read the full story at Onlinekhabar (Nepali)

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

अर्बौं रुपैयाँ लगानी र लाखौँ विद्यार्थी तथा हजारौँ शिक्षक हुँदाहुँदै पनि सामुदायिक विद्यालयमा अपेक्षित सिकाइ उपलब्धि हासिल हुन नसक्नुको मुख्य कारण कमजोर व्यवस्थापन, शिक्षक नियुक्तिमा राजनीतिक हस्तक्षेप र जवाफदेहिताको अभाव हो। विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन् र अर्बौंको बजेट छ । तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न नसक्नुले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

देशका कूल विद्यार्थीमध्ये करिब दुई तिहाइ सामुदायिक विद्यालयमै पढ्छन् । यी विद्यालयमा २ लाखको हाराहारीमा शिक्षक कार्यरत छन् । आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रका लागि करिब २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । आधारभूत तहको खुद भर्ना दर ९७.७ प्रतिशत पुग्नु पनि शैक्षिक पहुँच विस्तारको महत्वपूर्ण उपलब्धि हो ।

तर, विद्यालय पुग्नु र सिक्नु एउटै कुरा होइन । कक्षा ५ मा पुगेका बालबालिकाले सामान्य पाठ पढ्न नसक्ने, कक्षा ८ का विद्यार्थीले आधारभूत गणितीय समस्या समाधान गर्न नसक्ने अवस्था छ । विद्यालयको ढोका खुल्यो तर त्यसभित्र अपेक्षित सिकाइ हुन सकेन । यही अवस्थालाई शिक्षाविद्हरूले ‘सिकाइ सङ्कट’ भन्ने गरेका छन् ।