Skip to main content
अर्थतन्त्रRatopati

जनकराज पाठक राप्रपाको केन्द्रीय महाधिवेशन प्रचार प्रसार समिति सदस्य सचिवमा मनोनित

Read the full story at Ratopati

जनकराज पाठक राप्रपाको केन्द्रीय महाधिवेशन प्रचार प्रसार समिति सदस्य सचिवमा मनोनित

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशनलाई सफल रूपमा सम्पन्न गर्नका लागि गठन गरिएको केन्द्रीय महाधिवेशन प्रचार प्रसार समितिमा नयाँ जिम्मेवारी प्रदान गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार, प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन प्रचार प्रसार समितिको सदस्य सचिव पदमा जनकराज पाठकलाई मनोनयन गरिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित पत्रमार्फत उनलाई तोकिएको यस जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

राप्रपाको महाधिवेशन मंसिर अन्तिम साता हुँदैछ।