Skip to main content
अर्थतन्त्रBizmandu

इ-पेन्सन सम्बन्धी काम अबदेखि सम्बन्धित कार्यालयबाटै, सामान्य प्रशासन मन्त्रालयले गर्‍यो परिपत्र

Read the full story at Bizmandu

इ-पेन्सन सम्बन्धी काम अबदेखि सम्बन्धित कार्यालयबाटै, सामान्य प्रशासन मन्त्रालयले गर्‍यो परिपत्र

काठमाडौं। इ-पेन्सन सम्बन्धी काम अबदेखि जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको साटो सम्बन्धित कार्यालयबाटै सञ्चालन हुने भएको छ। यसका लागि राष्ट्रिय किताबखानाले सम्बन्धित कार्यालयका प्रशासन हेर्ने कर्मचारीको नाम, पद, इमेल आइडी र सम्पर्क नम्बर मागेको छ।

किताबखानाकी महानिर्देशक आरती न्यौपानेले शुक्रबार लेखेको पत्रका आधारमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार नै सबै मन्त्रालय र मातहतका निकाय, प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ। परिपत्रमा इ-पेन्सन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ। किताबखानाबाट सम्पादन हुने निवृत्तभरण, उपदान, सञ्चित विदा रकम किटानी र सिटरोलसम्बन्धी सेवा कात्तिक १ गतेदेखि अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आएको छ।

e-pension-letter Download The post इ-पेन्सन सम्बन्धी काम अबदेखि सम्बन्धित कार्यालयबाटै, सामान्य प्रशासन मन्त्रालयले गर्‍यो परिपत्र appeared first on BIZMANDU .