युनाइटेडका कप्तान फर्नान्डेसले सम्झौता नवीकरण गर्न मानेनन्
Read the full story at Ratopati

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले क्लबले अघि सारेको दोस्रो सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्। ३२ वर्षीय पोर्चुगिज मिडफिल्डर फर्नान्डेसको वर्तमान सम्झौता यसै सिजनको अन्त्यमा समाप्त हुँदैछ। यद्यपि, सम्झौतामा रहेको १२ महिनाको म्याद थप गर्ने विकल्प प्रयोग गरी युनाइटेडले उनलाई सन् २०२८ सम्म क्लबमै राख्न सक्ने सुविधा सुरक्षित छ।
युनाइटेड उक्त विकल्प प्रयोग गर्नुपर्ने अवस्था नआओस् भन्ने पक्षमा रहँदै फर्नान्डेससँग दीर्घकालीन नयाँ सम्झौता गर्न चाहन्छ। यसै सिलसिलामा क्लबले विगत केही महिनादेखि उनका प्रतिनिधिहरूसँग वार्ता गरिरहेको थियो। तर ओल्ड ट्राफोर्डमै रहने गरी क्लबले दिएको दोस्रो प्रस्ताव पनि फर्नान्डेसले अस्वीकार गरेको स्रोतलाई उद्धृत गर्दै ‘बीबीसी स्पोर्ट’ ले जनाएको छ। नयाँ सम्झौतामा सहमति जुट्न नसके क्लबले आगामी जनवरी १ अगावै १२ महिनाको म्याद थप गर्ने विकल्प कार्यान्वयनमा ल्याउने निश्चितप्रायः छ।
अन्यथा सम्झौताको अन्तिम ६ महिना बाँकी रहने भएकाले उनले विदेशी क्लबहरूसँग ‘प्रि-कन्ट्र्याक्ट’ सम्झौता गर्न पाउने बाटो खुल्नेछ। फर्नान्डेसले प्रस्ताव कहिले अस्वीकार गरे भन्ने समयसीमा स्पष्ट नभए पनि क्लबभित्रको हालको उथलपुथलका कारण तत्काल सहमति जुट्ने सम्भावना कमजोर देखिएको छ।
More business
- घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धारDC Nepal
- Markets snap 3-day rally; Sensex drops 318 points, Nifty slips below 25,150The Hindu
- India’s housing market stays resilient as festive demand varies across citiesThe Hindu
- Rupee falls 8 paise to close at 94.20 against U.S. dollarThe Hindu
- Community forests turn to tourism, but potential remains untappedKathmandu Post
- बेकह्याम अमेरिकाको ‘नेसनल सकर हल अफ फेम’ मा समावेश हुनेRatopati