एक अर्बको चामल बिक्री गर्ने सिभिल खाद्यान्नको लक्ष्य, समर्थन मूल्यभन्दा बढीमा धान खरिद
Read the full story at Bizmandu
काठमाडौं। सिभिल खाद्यान्न उद्योगले चालु आर्थिक वर्षमा एक अर्बको चामल बिक्री गर्ने लक्ष्य लिएको छ। गत वर्षदेखि बर्दियाको बढैयातालमा ६० करोड लगानीमा संचालन भएको उद्योगमा जापानी प्रविधिबाट प्रशोधन भएको प्रिमियम क्वालिटीको स्टार जिरा मसिनो स्टिम चामल उत्पादन गरिरहेको कम्पनीले जनाएको छ। गत वर्ष चामल उत्पादनको लागि स्वदेशी धान नपाएपछि उद्योगले यस वर्ष सरकारले तोकेको समर्थन मूल्य भन्दा बढीमा खरिद गरिरहेको जनाएको छ। उद्योगका संचालक नरबहादुर वलीले यो वर्ष करिब एक अर्बको धान बिक्री गर्ने लक्ष्य रहेको बताएका हुन्।
‘बजारमा स्टिम जिरा मसिनो चामलको माग छ। यतिबेला उद्योगबाट उत्पादन भएर बजारमा गएको चामलले राम्रो मूल्य पाएको छ। जिरा मसिनो स्टिम चामल २५ केजीको बोराको २ हजार ३७५ रुपैयाँमा बजारमा गइरहेको छ,’ उनले भने। उनले जिरा मसिनो धानको उत्पादन कम हुने भएकोले यो वर्ष सरकारले तोकेको भन्दा प्रति क्विन्टल ६०० रुपैयाँ बढीमा धान खरिद गरेको बताए। सरकारले समा थानको मूल्य प्रति क्विन्टल ३८६० तोकेको छ।
‘हामीले किसानसँग प्रति क्विन्टल ४ हजार ४०० रुपैयाँमा खरिद गरेको छौं। सरकारको समर्थन मूल्य भन्दा बढीमा खरिद गर्दा उत्पादन बढ्छ,’ उनले भने। गत वर्ष उद्योग संचालनमा आउँदा धानको सिजन सकिएको थियो। वैशाखदेखि संचालनमा आएको उद्योग दुई महिना चल्यो। तर धान खरिद नभएपछि चामल उत्पादन नभएको उनले सुनाए।
More business
- लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीNepal Khabar
- सेयरबजारमा गिरावट, सूचक र कारोबार रकम दुवै घट्योNepal Khabar
- करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमाNepal Khabar
- तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्थाNepal Khabar
- WTO flags Nepal’s weak manufacturing base and narrow export marketsKathmandu Post
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post