लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट
Read the full story at Nagarik News

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध पूर्ण रूपमा धराशायी भएको छ। ताजा स्थितिमा कर्णालीले १५.२ ओभरमा ७ विकेट गुमाएर मात्र ७५ रन बनाएको छ। पछिल्लो ५ ओभरमा २ विकेट गुमाउँदै मात्र १५ रन जोड्न सकेको कर्णालीको रनरेट हाल ४.८९ मा झरेको छ। क्रिजमा हुसेन तलत ८ रन र गुलशन झा ५ रन बनाएर अविजित छन्।
यसअघि सुरुवाती ब्याटिङ गरेको कर्णालीले पावरप्लेको पहिलो ६ ओभरमै ४ विकेट गुमाएर ३० रन मात्र जोड्न सकेको थियो। ओपनर दिपेन्द्र रावत खाता नखोली ०.४ ओभरमै अभिषेक गौतमको बलमा बोल्ड भए। त्यसपछि दीपक डुम्रे ४ रनमा गौतमकै बलमा बोल्ड हुँदा आरिफुल इस्लाम ४ रनमै किशोर महतोको बलमा आउट भए। कर्णालीका कप्तान डेभिड मिलर व्यक्तिगत ५ रनमा शेर मल्लको बलमा क्याच आउट भएपछि १५ रन जोड्दा टोलीका प्रमुख चार ब्याटर पेभेलियन फर्किसकेका थिए।
पाँचौं विकेटका लागि सोमपाल कामीले आक्रामक ब्याटिङ गर्दै इनिङ उकास्ने प्रयास गरे। उनले १८ बलमा ४ चौका र १ छक्काको मद्दतले टोलीका लागि सर्वाधिक २८ रन जोडे। तर ८.१ ओभरमा सोमपाललाई डार्सी सर्टले आसिफ शेखमार्फत क्याच गराएपछि कर्णाली पुनः संकटमा पर्यो। त्यसपछि पवन सर्राफ २४ बलमा १२ रन बनाएर सर्टकै बलमा बोल्ड भए भने मार्क वाट २ रन जोड्दै लुम्बिनीका कप्तान रोहित पौडेलको बलमा आउट भए।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्युDC Nepal
- लुम्बिनीविरुद्ध कर्णालीको खराब ब्याटिङ, १०५ रनमै समेटियोSetopati
- India, Canada trade pact talks may conclude by December: Canadian MinisterThe Hindu