दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिने
Read the full story at Setopati
-1771750187.jpeg&w=1920&q=70)
मुख्य आयोजक जिल्ला सुर्खेतसहित कर्णाली प्रदेशका चार जिल्लामा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि दैनिक झन्डै एक हजार एक सय प्रहरी खटिने भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहायक प्रवक्ता एसपी रामप्रसाद घर्तीका अनुसार प्रतियोगिता अवधिभर दैनिक झन्डै एक हजार एक सय प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको छ। एसपी घर्तीका अनुसार प्रतियोगिता अवधिभर तालिमप्राप्त कुकुर, ड्रोन र सिसीटिभी क्यामेरासमेत प्रयोग गरेर सुरक्षा गतिविधिको निगरानी गरिनेछ।
सादा पोसाकका प्रहरी परिचालन गर्नुका साथै पैदल गस्ती र प्रवेश तथा निकासद्वारमा विशेष निगरानी राखिनेछ। प्रतियोगिताका लागि १८ प्रकारका ड्युटी र १२४ वटा ड्युटी पोस्ट निर्धारण गरिएको छ। ती स्थानमा दैनिक एक हजार ९१ जना प्रहरी खटिने व्यवस्था मिलाइएको छ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि कर्णालीका कालिकोट, दैलेख, सल्यान र रुकुम पश्चिमलगायत जिल्लाबाट समेत प्रहरी परिचालन गर्ने तयारी छ। जसअनुसार कालिकोटबाट ९३, रुकुम पश्चिमबाट १७४, सल्यानबाट ८२, दैलेखबाट १०३ र सुर्खेतबाट ५४० जना प्रहरी खटिनेछन्। त्यस्तै, नेपाल प्रहरी सुरक्षा राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतबाट पाँच जना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट दैनिक ९४ जना प्रहरी परिचालन हुनेछन्।
More sports
- भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणाNepal Khabar
- अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुदOnlinekhabar (Nepali)
- सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल हुने, अन्य कर्णाली र लुम्बिनीमाBizmandu
- सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुनेThaha Khabar
- Cricket Australia will not open another investigation into ‘sandpapergate’Al Jazeera
- डेविड वार्नरको नेपाल यात्रा: चार खेल, चार जित र १२७ रनNagarik News