Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

Read the full story at Onlinekhabar (Nepali)

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो । २४ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग लिग (एनपीएल) मा मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे । ओपनर सैब जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यो नै सुदूरपश्चिमको इनिङ्समा उच्च साझेदारी रह्यो ।

त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी गर्न सकेन भने नियमित अन्तरमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन । टसका क्रममा सुदूरपश्चिमका कप्तानले १७० रन बनाउने बताएपनि जनकपुरका बलरले सुरुवातदेखि नै दबाबमा राख्दा सुदूरपश्चिम कम स्कोरमै समेटियो । जनकपुरका लागि कप्तान हर्मीत सिंहले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।