Skip to main content
राजनीतिNagarik News2 outlets covering

सिन्धुलीमा अटो दुर्घटना, पाँचको अवस्था गम्भीर

Read the full story at Nagarik News

सिन्धुलीमा अटो दुर्घटना, पाँचको अवस्था गम्भीर

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

आज दिउँसो १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लुप्र ०१-००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको थियो। दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका-१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन्।

त्यस्तै, नामथर र ठेगाना नखुलेकी अन्दाजी ३२-३३ वर्षीया गर्भवती महिला, १९ वर्षीया कान्छीमाया पहरी, उनकी तीन वर्षीया छोरी समिक्षा पहरी, नौ वर्षीय प्रवास पहरी, सात वर्षीया स्वस्तिका पहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ ककरे निवासी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन्। गम्भीर घाइते नौ वर्षीय प्रवास पहरीको निधार र अनुहारमा चोट लागेको छ भने उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।