प्रहरी अझै साढे ७ सय कार्यालय भाडा र आश्रित भवनमा, कतिमा छैनन् मेस र ब्यारेक पनि
Read the full story at Bizmandu
काठमाडौं। गत भदौको अन्तिम साता तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको भवन उद्घाटन गरेका थिए। २०८२ भदौ २४ गते जेनजी आन्दोलनमा भवन पूर्णरुपमा क्षति भएको थियो। केही दिन प्रहरीले गौशाला धर्मशालाबाट नै प्रहरी सेवा दिएका थिए। एक वर्षमा प्रहरीले जेनजी आन्दोलनमा क्षति भएका ४ सय ५० भन्दा बढी कार्यालयहरु पुनः सञ्चालनमा ल्याएको छ। सरकारले प्रहरी प्रमुख परिवर्तन गरेको छ, तर प्रहरीका लागि पूर्वाधारका संरचनामा ध्यान दिन भ्याएको छैन।
एक वर्षपछि मात्र भवनमा उनीहरू पूर्ववत् रूपमा फर्किएका छन्। काठमाडौं जेनजी आन्दोलनमा जलेको प्रहरी वृत्त नयाँ बानेश्वरको पुनर्निर्माण गर्न पनि करिब एक वर्ष नै कुर्नुपर्यो। जमिन र केही संरचना भएका प्रहरी कार्यालय बन्न नै एक वर्ष लाग्यो। जग्गा नै नभएका भवन प्रहरीले कहिले पाउने? नेपाल प्रहरीका २ हजार ६ सय ६० वटा स्वीकृत इकाईहरू छन्। तर प्रहरीसँग १ हजार ८ सयवटा मात्र आफ्नै कार्यालयहरू भएका भवन छन्।
बाँकी भने भाडामा र अन्य सरकारी निकायसँग समन्वयमा बस्नुपरेको छ। आफ्नो कार्यालय नहुँदा प्रहरी भाडामा बस्नुपर्ने अवस्था पनि छ। भाडा लिएका भवन कहिले खाली गर्नुपर्ने हुन्छ भन्ने पत्तो हुँदैन। काठमाडौंको लाजिम्पाटमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) बसेको भवन पनि आफ्नो होइन। नेपाल ट्रस्टको जग्गामा बसेको हो।
More environment
- नवनिर्वाचित सांसद नाजिमा खातुनले लिइन् शपथNepal Khabar
- राशिफल २६ कात्तिक : धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावनाNagarik News
- पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्काDC Nepal
- भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्योNagarik News
- ‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’Thaha Khabar