भोटेकोशी बाढीमा यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक, धेरै बेपत्ता रसुवाका
Read the full story at Bizmandu
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले सम्बद्ध जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा बढी बेपत्ता रसुवाका एक हजार ५८३ जना छन्। त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपुर, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी, तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ। सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो।
बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ। प्राधिकरणले शनिबार सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ। बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो।
More environment
- भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सासNepal Khabar
- हिमाली जिल्लामा नुनको मूल्य महँगो हुनुमा सडक अभाव मुख्य कारण : गृहमन्त्री गुरुङDC Nepal
- Rains flood thousands of displaced families’ tents in GazaAl Jazeera
- Sudan war and climate change see parents struggle to feed their childrenAl Jazeera
- वनसम्बन्धी कानुनको झन्झटमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको कामOnlinekhabar (Nepali)
- Scientists fitted nearly 1,750 monarch butterflies with tiny solar-powered trackersTimes of India