बाक्लो र स्वादिलो दही घरमै कसरी बनाउने ? ५ कुरामा ध्यान दिनुहोस्
Read the full story at Onlinekhabar (Nepali)

नेपाली परम्परामा घरमा दही बनाउनु कुनै नयाँ कुरा होइन । दहीको कुरा गर्दैगर्दा सायद धेरैलाई काठको ठेकीमा जमाइएको बाक्लो र स्वादिलो दहीको याद पनि आयो होला । अब दही जमाउने परम्परागत तरिका बिस्तारै हराउँदै गएको छ । उहिलेजस्तो अहिले धेरैका गोठमा दुहुना गाईभैंसी छैनन् । कसैका घरमा काठका ठेकीहरू भए पनि पटपटी फुटेर काम नलाग्ने भइसके होलान्। घरमा दही बनाउँदा धेरैजसोको गुनासो रहेने गर्छ– दही राम्रोसँग जम्दैन । दहीमा पानी फाट्छ ।
स्वाद पनि राम्रो हुँदैन । अहिले नयाँ पुस्ताका धेरै व्यक्तिलाई त झन् दही जमाएको कुनै अनुभव नै हुँदैन । दही जमाउनका लागि ननिकालेको दूध सबैभन्दा राम्रो हुन्छ । यसमा चिल्लो पदार्थको मात्रा बढी हुने भएकाले दही बाक्लो र क्रिमी बन्छ । टोनड वा स्किम्ड दूधबाट जमाइएको दही पातलो हुन्छ । त्यसैले कुनै प्रशोधन नगरेको शुद्ध दूध नै प्रयोग गर्नु राम्रो हुन्छ । पहिले दूधलाई राम्ररी उमाल्नुहोस् र त्यसपछि हल्का मनतातो नहुन्जेल राख्नुहोस् ।
दूध धेरै तातो वा धेरै चिसो हुनुहुँदैन भन्ने कुरा ध्यान दिनुपर्छ । दही जमाउनका लागि मनतातो दूध उपयुक्त हुन्छ । दही जमाउनका लागि पहिले जमाइएको थोरै दही प्रयोग गर्नुपर्छ । यसलाई बीउ दही भन्ने पनि प्रचलन छ । एक लिटर दूधमा करिब १–२ चम्चा पूरानो दही राख्नु पर्याप्त हुन्छ । धेरै राख्दा दही अमिलो हुन सक्छ भने कम राख्दा राम्रोसँग नजम्न सक्छ ।
More politics
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar