Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

Read the full story at Onlinekhabar (Nepali)

धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । देउसी–भैलोका नाममा हुने जबर्जस्ती चन्दा असुली, होहल्ला, बाटो अवरुद्ध गर्ने गतिविधि तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न समयसीमा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । पछिल्लो समय मौलिक संस्कृति र परम्पराको नाममा अवाञ्छित गतिविधि बढ्दै गएको गुनासो आएपछि प्रशासनले विशेष सतर्कता अपनाएको जनाएको छ ।

प्रशासनले राति अबेरसम्म देउसी–भैलो खेल्ने, जबर्जस्ती रकम माग्ने तथा चर्को आवाजमा डिजे र साउन्ड सिस्टम बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । चाडपर्वका बेला हुन सक्ने विकृति र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रशासनले पटका, भुइँचम्पा, रकेटलगायत विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण तथा प्रयोगमा समेत पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । त्यसैगरी जुवातास, अनलाइन सट्टेबाजी, अवैध चिट्ठा तथा ध्वनि प्रदूषण हुने गरी डिजे बजाउने गतिविधिमाथि निगरानी र कारबाहीलाई कडा शर्माको भनाइ छ ।

कानुनविपरीत गतिविधिमा संलग्न हुने जोकोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।