Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

Read the full story at Onlinekhabar (Nepali)

पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

२१ कात्तिक, पोखरा । गण्डकी गण्डकी प्रदेश सरकारको प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकको विवादले सदस्य सचिव श्रीधर शर्माको पद नै गएको छ । गण्डकी सरकारले विवादमा तानिएका सदस्य सचिव शर्मालाई बर्खास्त नै गरेको हो ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलोपटक वितरण गरेको खेलकुद पदक र नगद पुरस्कार विवादमा कैफियत देखिएपछि सदस्यसचिव शर्मालाई मन्त्रिपरिषदको बैठक बसेर पदमुक्त गरिएको सरकारका प्रवक्ता जीतबहादुर शेरचनले जानकारी दिए । पदक छनोटदेखि वितरणसम्म अपनाइएको प्रक्रियामा अनियमितता, स्वार्थ बाझिने निर्णय र आर्थिक अनुशासन उल्लंघन भएको निष्कर्षसहित छानबिन समितिले कारबाही सिफारिस गरेपछि सरकारले उनलाई हटाएको सरकारको भनाइ छ । राष्ट्रिय वा प्रदेशको कुनै महत्त्वपूर्ण दिवस नपरेको दिन कार्यक्रम गरिएको भन्दै सुरुदेखि नै प्रश्न उठेको थियो ।

पदक पाउनेको सूची सार्वजनिक भएपछि छनोट प्रक्रियामै संलग्न व्यक्तिहरूले आफू र आफू आबद्ध संस्थालाई सम्मान दिलाएको भन्दै विवाद थप चर्कियो । पदक पाउनेमा राष्ट्रिय महिला भलिबल टोलीकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन, क्रिकेट प्रशिक्षक रिजन प्रजु तथा खेलकुद पत्रकार केशव पाठक थिए । संस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चले पदक पाएको थियो ।