भोटेकोशी बाढीपीडितका लागि बल्ल तयार भयो अस्थायी घरको नमुना, लागत ६ लाखसम्म
Read the full story at Bizmandu
काठमाडौं। भोटेकोशी बाढीपीडितलाई अस्थायी बसोबासका निम्ति सरकारले बल्ल नमुना घर तयार पारेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका सल्लाहकार सुमन प्रधानका अनुसार भोटेकोशी बाढीपिडितलाई अस्थायी बसोबासका निम्ति नुवाकोटको विदुरमा नमुना घर तयार गरेको जानकारी दिए। ‘हामीले बाढीपीडितलाई अस्थायी बसोबासका लागि दिने भनिएको घरको नमुना तयार भएको छ।
नमुना घर बिदुर नगरपालिका-५ मा तयार पारिएको छ,’ प्रधानले भने, ‘यसमा २ वटा कोठा, एउटा किचेन र एउटा बाथरुम छ। ५ जनाको परिवारलाई पुग्नेगरी घर तयार भएको छ।‘ प्रधानका अनुसार यसको लागत ६ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ। घर फिटिङ गर्न २ देखि ३ दिन लाग्छ। ‘हामीले पुन: प्रयोग गर्न सकिने प्रि-फ्याब मोडुलर हाउस बनाएका छौं।
नमुना हाउसकै मापदण्ड अनुसार विभिन्न दातृ निकाय र विकास साझेदारले पीडितका लागि घर बनाइदिने निर्णय भएको छ,’ उनले भने, ‘अब अस्थायी घर बनाउने प्रक्रिया छिट्टै अगाडि बढ्छ।’ बाढी प्रभावितलाई २९ संस्थाले ७ हजार अस्थायी घर बनाइदिने प्रस्ताव, लगानी २ अर्बभन्दा बढी अस्थायी घरका लागि सिँचाइ विभागको ६ रोपनी र नेपाल विद्युत् प्राधिकरणको ५६ रोपनी जग्गा उपयोग गरिनेछ। यसबाहेक स्थानीय तहको सिफारिसमा पनि अस्थायी आवास बन्नेछन्। प्रधानका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्झौता गरेर डेढदेखि २ महिनाभित्र अस्थायी घर बनाइनेछ।
More environment
- सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन: रवि लामिछानेDC Nepal
- रास्वपा सभापति लामिछाने चितवनमाSetopati
- म चितवन ढिला आएँ तर व्यक्तिभन्दा पनि नीति आउनुपर्यो : रवि लामिछानेThaha Khabar
- How climate change is reshaping the way children grow upKathmandu Post
- नेपाल रि र हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्यमा वृद्धि एक दिन पनि टिकेन, घट्यो भाउBizmandu
- Small Listing Spurs Protection: Indiana saves 3,950 acres; new wildlife area opensTimes of India