Skip to main content
खेलकुदSetopati

'हिमालयन गोल्ड' यार्सागुम्बाको मात्र कथा होइन, बदलाको पनि हो: निर्देशक राजवंशी

Read the full story at Setopati

'हिमालयन गोल्ड' यार्सागुम्बाको मात्र कथा होइन, बदलाको पनि हो: निर्देशक राजवंशी

यार्सागुम्बा टिप्न जाने स्थानीयमाथि हुने लुटपाट, संघर्ष र बदलाको कथामा बनेको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउँदैछ। निर्देशक धिरज राजवंशीको डेब्यू निर्देशकीय फिल्ममा परीक्षा लिम्बु, सुनिल थापा, कर्मा शाक्य, सजन थापा मगरलगायत कलाकारको अभिनय छ। अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन तथा निर्माणको अध्ययन सकेर नेपाल फर्किएका धिरजलाई यो फिल्म बनाउने सोच भने रूकुम पुगेपछि आएको हो। उनले फिल्म 'खुस्मा'मा चिफ असिस्टेन्ट डाइरेक्टरका रूपमा काम गरेका थिए। यही फिल्मको सुटिङका क्रममा रूकुम पुगेका उनले स्थानीयसँगको कुराकानीमा यार्सागुम्बासँग जोडिएका संघर्ष र लुटपाटका घटनाबारे थाहा पाएका थिए।

'सुटिङ सकेपछि घोडा चढेर स्थानीयसँग यार्सागुम्बा पाउने ठाउँमा पुगें। त्यो बेला यार्सागुम्बा टिप्ने सिजन पनि रहेछ। त्यहाँ पुगेपछि कसरी लुटपाट हुन्थ्यो भन्ने थाहा पाएँ। त्यसपछि यसमा कथा छ भन्ने लाग्यो,' धिरजले सुनाए। उनका अनुसार फिल्मले सन् १९९० ताकाको समयलाई समेटेको छ।

त्यतिबेला यार्सागुम्बा टिप्न जाने स्थानीय सरकारी सुरक्षाको अभावमा लुटपाटमा पर्ने गरेका थिए। रूकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँगको सम्बन्धलाई पनि फिल्ममा देखाइएको उनले बताए। फिल्मको कथा तयार पार्न एक वर्षभन्दा बढी समय लगाएका धिरज सुटिङअघि चारपटक मुस्ताङ पुगेका थिए।