Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कप्तान फेरिए, टिम कम्बिनेसन बदलिए, पोखराको नतिजा फेरिएन

Read the full story at Onlinekhabar (Nepali)

कप्तान फेरिए, टिम कम्बिनेसन बदलिए, पोखराको नतिजा फेरिएन

श्रीलंकन प्रशिक्षक अजन्था मेन्डिसको प्रशिक्षणमा रहेको पोखराले श्रीलंकाकै चमिकालाई कप्तान बनायो । श्रीलंकन कम्बिनेसनमा केही फरक नतिजाको आश राखेका पोखराका समर्थक निराश बने । २० कात्तिक, काठमाडौं । लगातार हारपछि कप्तानी परिवर्तन गर्‍यो। प्लेइङ–११ मा पनि तीन खेलाडी फेर्‍यो।

तर पोखरा एभेन्जर्सको नतिजा भने फेरिएन। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखराले लगातार चौथो हार बेहोर्ने क्रममा शुक्रबार चितवन राइनोजसँग ३० रनले पराजित भयो। कप्तान कुशल भुर्तेलको कप्तानीमा लगातार तीन हार बेहोरेपछि शुक्रबार चौथो खेलमा भने कप्तानी परिवर्तन भयो । श्रीलंकन चमिका करुणारत्नेको नेतृत्वमा मैदान उत्रिएको पोखराले खेलाडी संयोजनमा पनि परिवर्तन गरेको थियो। शाकिब अल हसन, आकाश चन्द र बिपिन आचार्यको स्थानमा युवराज सम्रा, सागर ढकाल र सुदीप अर्याललाई टोलीमा समेटिएको थियो।

तर, यी परिवर्तनले पनि पोखराको प्रदर्शनमा अपेक्षित सुधार ल्याउन सकेन। श्रीलंकन प्रशिक्षक अजन्था मेन्डिसको प्रशिक्षणमा रहेको पोखराले श्रीलंकाकै चमिकालाई कप्तान बनायो, विकेटकिपर पनि श्रीलंकाकै सदीरा समराविक्रमा थिए । श्रीलंकन कम्बिनेसनमा केही फरक नतिजा देखिन्छ कि भन्ने पोखराका समर्थकको आश थियो तर त्यो निराशमा परिणत भयो । शुक्रबारको खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले एक समय १० ओभरमा ७२ रन बनाउँदा तीन विकेट मात्र गुमाएको थियो।