चर्चित टिभी प्रस्तोता राबियाको मृ`त्यु, अनुसन्धानको घेरामा श्रीमान्
Read the full story at Nagarik News

पाकिस्तानकी चर्चित टेलिभिजन प्रस्तोता राबिया अहसनको गोली लागेर मृत्यु भएको छ। रावलपिंडीस्थित आफ्नै घरमा आइतबार उनी मृत भेटिएकी हुन्। घटनापछि प्रहरीले उनका श्रीमान् अहसन ताहिरलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। ४१ वर्षीया राबिया आइतबार दिउँसो करिब ३ बजे (स्थानीय समय) घरको शयनकक्षमा थिइन्। त्यसबेला उनकी आमा र बहिनी घरको बगैंचामा थिए। गोली चलेको आवाज सुनेपछि उनकी बहिनी शयनकक्षमा पुग्दा राबिया रगतले लतपतिएको अवस्थामा भुइँमा लडिरहेकी थिइन्।
प्रहरीले उनको घाँटीमुनि गोली लागेको जनाएको छ। घटनास्थलबाट प्रहरीले .३० बोरको पेस्तोल र गोली बरामद गरेको थियो। प्रहरीका अनुसार अहसनले सुरुमा गोली दुर्घटनावश चलेको दाबी गरेका थिए। तर उनले हतियारको वैध लाइसेन्स देखाउन नसकेको बताइएको छ। राबियाका भाइ खुर्रम अहमदको उजुरीपछि उनका श्रीमान्विरुद्ध हत्याको मुद्दा दर्ता गरिएको थियो। सोमबार उनलाई अदालतमा उपस्थित गराइएपछि थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न अनुमति दिइएको छ।
यद्यपि, राबियाका भाइले पछि गोली दुर्घटनावश चलेको हुन सक्ने भन्दै मुद्दा फिर्ता लिने इच्छा व्यक्त गरेका छन्। तर मुद्दा फिर्ता लिने वा नलिने विषयमा अन्तिम निर्णय अदालतले गर्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। घटनास्थलबाट बरामद हतियार र अन्य प्रमाणको फोरेन्सिक जाँच पनि भइरहेको छ।
More politics
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमNepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar
- बंगलादेशले भन्यो : हसिना स्वदेश फर्किन् भने मृत्युदण्ड दिइनेछNepal Khabar
- एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)Nepal Khabar