Skip to main content
राजनीतिNagarik News

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

Read the full story at Nagarik News

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि दिल्लीले नेपालसँगको सम्बन्धलाई निकै विशेष बताएको छ। भारतले भ्रमणका क्रममा दुई देशबिचका सबै महत्त्वपूर्ण विषयमा छलफल हुने पनि जनाएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको र भ्रमणको तयारीबारे दुई देशबिच छलफल भइरहेको बताएका हुन्। उनले भने, ‘हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिएका छौं।

भ्रमणबारे दुई पक्षबिच छलफल जारी छ। नेपालसँगको सम्पूर्ण द्विपक्षीय सम्बन्ध र साझा चासोका सबै विषयमा छलफल हुनेछ। यो व्यापक र निकै विशेष साझेदारी हो।’ जायसवालले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन विभिन्न विषयमा छलफल भइरहेको पनि बताए। यसअघि भारतका विदेश सचिव विक्रम मिस्रीले काठमाडौंमा प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै ऊर्जा, जलस्रोत, व्यापार, पारवहन र हवाई सेवामा सहकार्यबारे छलफल भएको थियो। मिस्रीले अयोध्या-जनकपुर रेल सेवाको परीक्षण सञ्चालन गरिएको जानकारी पनि शाहलाई दिएका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै भ्रमणका क्रममा हुन सक्ने सहमति र नयाँ पहलका विषयमा पनि छलफल गरेका थिए।