राजनीतिOnlinekhabar (Nepali)
म्याग्दीको बालगृहका सामूहिक भाइटीका
Read the full story at Onlinekhabar (Nepali)

नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर बुधबार भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए ।
बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उनले बताए ।
सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटीका कार्यक्रम आयोजना गर्नुभएको हो ।
More politics
- सङ्खुवासभाको खाँदबारीमा घरमै चट्याङ पर्दा दुई जना घाइतेNagarik News
- भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवाNagarik News
- खाँदबारीमा चट्याङ लागेर दुई जना घाइतेDC Nepal
- With spurt in demand, 582 more government schools in Karnataka to start pre-primary classesThe Hindu
- रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्बिरहरू)Onlinekhabar (Nepali)
- Home Minister to unveil Ambedkar statues in YadgirThe Hindu