इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन
Read the full story at Onlinekhabar (Nepali)

इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन थालेका थिए। २६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो।
यस क्रममा उनीहरू एकअर्कामाथि कराउन थालेका थिए। इरानमाथि पुनः आक्रमण सुरु गर्न नेतान्याहुले अमेरिकामाथि दबाब दिइरहेका छन्, तर ट्रम्प यसका लागि तयार छैनन्। १२ नोभेम्बरको टाइम्स अफ इजरायलको रिपोर्टअनुसार ट्रम्पले उपराष्ट्रपति जेडी भेन्सलाई इरानसँगको वार्ता अघि बढाउने जिम्मेवारी दिएका छन्। एक वरिष्ठ इजरायली अधिकारीले सप्ताहन्तमा दुई नेताबीच फोनमा कुराकानी भएको पुष्टि गरेका छन्। यद्यपि, इजरायलको प्रधानमन्त्री कार्यालयले बहसको दाबीलाई भने खारेज गरेको छ।
नेतान्याहु लगातार अमेरिकासँग इरानमाथि पुनः आक्रमण सुरु गर्न र त्यहाँको सरकार बदल्न माग गरिरहेका छन्। इरानको परमाणु कार्यक्रम र त्यसबाट उत्पन्न हुने खतरालाई समाप्त पार्न त्यहाँको वर्तमान सरकारलाई हटाउनु जरुरी रहेको उनको भनाइ छ। मङ्गलबार इजरायली संसद्लाई सम्बोधन गर्दै नेतान्याहुले इरानले फेरि परमाणु खतरा पैदा गर्ने कोसिस गरिरहेको बताएका थिए।
More politics
- तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्युNepal Khabar
- परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्रीबीच भेटवार्ताNepal Khabar
- बालगृहमा बालिकालिकाले मनाए सामूहिक भाइटीकाNepal Khabar
- पोखरामा पर्यकटले पनि लगाए भाइटीकाNepal Khabar
- एनपीएलमा सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?Nepal Khabar
- अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियोNepal Khabar