Skip to main content
समाजOnlinekhabar (Nepali)

चितुवाको छालासहित दुई जना पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

चितुवाको छालासहित दुई जना पक्राउ

धनगढी उपहानगरपालिका-४ को नयाँराम होटल नजिकै शंकास्पद रूपमा हिडिरहेका दुई जनालाई चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ बस्ने ३६ वर्षीय अशोक धामी र कैलाली को टीकापुर नगरपालिका- ३ बस्ने ४७ वर्षीया सिता देवी चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले बताए ।