अझ कडा कदम चाल्ने ट्रम्पको घोषणा, तर यो कसरी सम्भव छ ?
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, काठमाडौं । मध्यावधि चुनावमा पराजित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नतिजालाई अमेरिकी इतिहासकै ठूलो प्रतिगमनको संज्ञा दिए । यद्यपि, उनले अझ कडा कदम चाल्ने र आफू पछि नहट्ने बताएका छन् । तर डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको विरूद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।
यसको लागि ट्रम्पसँग आफ्ना एजेन्डा पूरा गर्न अब करिब दुई महिनाको समय मात्र बाँकी छ। रिपब्लिकन पार्टीले अमेरिकी संसद् (कंग्रेस) का दुवै सदनमा बहुमत गुमाइसकेको छ। यद्यपि, नयाँ संसद्ले कार्यभार नसम्हालेसम्म पुरानै सांसदहरूले काम गर्नेछन्। अमेरिकी संसद्को नयाँ सत्र आजदेखि सुरु हुँदैछ।
आगामी ३ जनवरी २०२७ देखि डेमोक्रेटिक पार्टीको बहुमत रहेको नयाँ संसद्ले काम सम्हाल्ने भएकाले ट्रम्पका लागि यो समय निकै महत्त्वपूर्ण छ। ब्लुमबर्गको रिपोर्टअनुसार, आगामी दुई महिनामा ट्रम्पले केही महत्त्वपूर्ण निर्णयहरू अघि बढाउने र जरूरी कामहरू फत्ते गर्ने प्रयास गर्न सक्छन्। ट्रम्पसामु अहिले सबैभन्दा प्रमुख मुद्दा इरान युद्ध हो, जसका कारण अमेरिकाको सैन्य खर्च बढेको छ। सैन्य अभियान जारी रहेमा हतियार, सैनिक र सैन्य सामग्रीमा थप रकम खर्च गर्नुपर्ने हुन सक्छ।
More politics
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar