आईजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न
Read the full story at Onlinekhabar (Nepali)

गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। १८ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक डा.
मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा गृहमन्त्री गुरुङले प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै नागरिक र प्रहरीबीचको दूरी घटाउनुपर्ने बताएका हुन्। उनले भने, ‘नागरिकसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुहोला। नागरिक र प्रहरीबीचको ग्याप अब रहनु हुँदैन। दूरी कम हुँदै गएको छ, यसलाई अझै घटाउँदै लैजानुपर्छ।
’ गृहमन्त्री गुरुङले सकारात्मक कामका लागि गृह मन्त्रालय सधैँ प्रहरी संगठनको साथमा रहने प्रतिबद्धता व्यक्त गरे। प्रहरीलाई काम गर्ने क्रममा कुनै कठिनाइ भए मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ थियो। उनले प्रहरी संगठनलाई अझै बलियो, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै विशेषगरी फिल्डमा खटिने प्रहरी जवानहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
More politics
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar