तिहार नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, ख्वप (भक्तपुर) । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्याँस पाउन सकेका छैनन् । महिनौँदेखि ग्याँसको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् । भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्याँस पाउन नसकेको बताउनुभयो ।
यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उद्लेद त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरीद्द् । बजारमा ग्याँस सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उद्कोद भनाइ छ । ‘अहिले पनि ग्याँस खोज्दै भौँतारिरहेकी छु । ग्याँस डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन ।
फोन गर्दा ग्याँस नै आएको छैन भन्नुहुन्छ’, उद्लेद भनिन्, ‘बजारमा ग्याँस सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?’ आफूसँग भएको सिलिन्डरको ग्याँस सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उहाँले सुनाउनुभयो । केही थप शुल्क तिरेर भए पनि अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्याँस लिन सकिन्छ कि भनेर बिक्रेतालाई अनुरोध गर्दा सहयोग नपाएको उनको गुनासो छ । सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोग्नुपरेको छ । ग्याँसका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि सिलिन्डर पाउन नसकेको उनले बताइन् ।
More society
- शिक्षा मन्त्रालयले ६ बुँदामा देखायो प्राडा केसीका माग र कार्यान्वयनको अवस्थाNepal Khabar
- प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु : अजयबाबु शिवाकोटीNepal Khabar
- बहुप्रतीक्षित भारतीय फिल्म ‘रामायण’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनNepal Khabar
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- Nearly 10 million Nepali children exposed to unhealthy air, UNICEF warnsKathmandu Post
- रोयल इन्फिल्डको 'मिस्टिक मुस्ताङ राइड २' मा ४० महिला राइडरको सहभागिताSetopati