Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

Read the full story at Onlinekhabar (Nepali)

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

२१ कात्तिक, काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको छ । शुक्रबार संसद्को माथिल्लो सदन सिनेटमा भएको मतदानमा आफ्नै दलका सांसदसमेतले साथ दिएपछि पेना पदमुक्त भएका हुन् । उनीमाथि पदको दुरुपयोग र अनियमिततामा संलग्न भएको आरोप लगाइएको छ ।

पेनाले बिहीबार नै राष्ट्रपतिबाट राजीनामा दिने घोषणा गरेका थिए । तर संसद्ले उनको राजीनामा स्वीकार गर्नुको सट्टा महाअभियोग प्रक्रिया अघि बढाएर पदबाट हटाउने निर्णय गरेको थियो । यससँगै उनले पूर्वराष्ट्रपतिका रूपमा पाउने आजीवन सिनेट सदस्यको हैसियत र कानुनी उन्मुक्तिसमेत गुमाएका छन् । पेना गत वर्षसम्म बैंकको स्वामित्व रहेको कम्पनीमा सेयरधनी थिए । तर उनले आफू कुनै पनि गलत कार्यमा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

पाराग्वेको केन्द्रीय बैंकले डिजिटल बैंक युएनोलाई आफ्नो नियन्त्रणमा लिएपछि उत्पन्न आर्थिक संकटले राजनीतिक रूपसमेत लिएको हो । बैंकको कारोबार बन्द भएपछि करिब ३० लाख ग्राहक आफ्नो बचत तथा बैंकिङ सेवाबाट वञ्चित भएका छन् । यो संख्या पाराग्वेको कुल जनसंख्याको झन्डै आधा हो । बैंकमा सर्वसाधारणको बचतसँगै पेन्सन तथा सरकारी निकायको ठूलो रकमसमेत जम्मा रहेको थियो ।