Skip to main content
वातावरणNagarik News

सुरक्षाकर्मीको ‘चारखुट्टे सहकर्मी’ : गन्ध पछ्याउँदै अपराधीदेखि भग्नावशेषभित्रको जीवनसम्म खोज्दै

Read the full story at Nagarik News

सुरक्षाकर्मीको ‘चारखुट्टे सहकर्मी’ : गन्ध पछ्याउँदै अपराधीदेखि भग्नावशेषभित्रको जीवनसम्म खोज्दै

घटनास्थलमा प्रहरी पुग्छ। आँखाले देख्न नसक्ने, सामान्य उपकरणले तत्काल पत्ता लगाउन नसक्ने एउटा सुराग त्यहाँ छ;कुनै कपडामा रहेको गन्ध, जमिनमा परेको पदचिह्न, गाडीभित्र लुकाइएको विस्फोटक पदार्थ वा भग्नावशेषमुनि थुनिएको मानिसको जीवनको संकेत। आज कुकुर तिहार मनाइरहँदा घरमा पालिएका कुकुरलाई माला र टीका लगाएर सम्मान गर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ यिनै कुकुर सुरक्षाकर्मीका लागि अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, विस्फोटक पदार्थ खोजी र विपद्मा मानिसको खोजी–उद्धारका महत्वपूर्ण सहकर्मी बनिरहेका छन्।

मानिसको आँखाले नदेख्ने र नाकले छुट्याउन नसक्ने सूक्ष्म गन्ध पछ्याउने असाधारण क्षमताका कारण विश्वभरका प्रहरी, सेना तथा अन्य सुरक्षा निकायले कुकुरलाई विशेष तालिम दिएर परिचालन गर्दै आएका छन्। नेपालदेखि अमेरिका, बेलायत र भारतसम्म सुरक्षा निकायका केनाइन युनिट अब सामान्य गार्ड डगको अवधारणाभन्दा धेरै अगाडि बढिसकेका छन्। हत्या, चोरी, डकैती वा अपहरणजस्ता गम्भीर अपराध भएपछि सुरक्षाकर्मीका लागि घटनास्थलमा छोडिएका साना प्रमाण पनि महत्वपूर्ण हुन्छन्।

कुकुरलाई घटनास्थलमा भेटिएको गन्धयुक्त प्रमाण वा पदचिह्न सुँघाएर सम्भावित अपराधी वा उसले प्रयोग गरेको बाटो पछ्याउन लगाइन्छ। नेपाल प्रहरीका अनुसार यसरी अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई ट्र्याकर डग भनिन्छ।