अमेरिका–चीन सैन्य तनाव घटाउन वासिङ्टनमा ऐतिहासिक वार्ता, हटलाइन सुदृढ गर्ने सहमति
Read the full story at Onlinekhabar (Nepali)

अमेरिका र चीनका रक्षा अधिकारीहरूबीच वासिङ्टनमा ‘क्राइसिस कम्युनिकेसन्स एन्ड प्रिभेन्सन वोर्किङ ग्रुप’ को पहिलो औपचारिक बैठक सम्पन्न भएको छ। १९ कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनका रक्षा अधिकारीहरूबीच वासिङ्टनमा ‘क्राइसिस कम्युनिकेसन्स एन्ड प्रिभेन्सन वोर्किङ ग्रुप’ को पहिलो औपचारिक बैठक सम्पन्न भएको छ।
नोभेम्बर २ र ३ मा भएको उक्त उच्चस्तरीय बैठकमा दुवै देशबीच सम्भावित सैन्य जोखिमहरू कम गर्न र आकस्मिक संकट व्यवस्थापनका लागि व्यावहारिक सञ्चार माध्यमहरूलाई प्रवर्द्धन गर्ने विषयमा सहमति जुटेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। पेन्टागनका अनुसार दुवै देशले संकटका बेला ‘शीघ्रता र प्रभावकारी रूपमा’ सञ्चार कायम गर्न अतिरिक्त च्यानलहरू प्रयोग गर्ने र आगामी महिनाहरूमा जनमुक्ति सेनासँग रणनीतिक रक्षा मुद्दाहरूमा छलफल जारी राख्ने सहमति जनाएका छन्। गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले वासिङ्टनको भ्रमण गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्विपक्षीय वार्ता गरेका थिए।
उक्त शिखर सम्मेलनका क्रममा राष्ट्रपति सिले ‘थ्युसिडाइड्स ट्र्याप’ लाई जित्न सकिने उल्लेख गर्दै दुवै सेनाबीच संकट निवारण संयन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।
More world
- जेडी भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्यौँNepal Khabar
- In Kathmandu, Misri discusses potential agenda for PM Shah’s India visitKathmandu Post
- India secures 4,700MW in Nepal, but little progress on projectsKathmandu Post
- Keralam BJP chief Rajeev Chandrasekhar tells Rahul Gandhi to ‘go to Bangladesh’, accuses him of ‘creating anarchy’The Hindu
- Joshua Wong, Hong Kong Democracy Activist, Is Sentenced to 10 Years in PrisonThe New York Times
- The Papers: 'Crushing midterm rebuke' and 'Trumped'BBC