Skip to main content
राजनीतिNagarik News

चीनमा ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटको तयारी, ट्रम्पले सुनाए छलफलका एजेन्डा

Read the full story at Nagarik News

चीनमा ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटको तयारी, ट्रम्पले सुनाए छलफलका एजेन्डा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने अपेक्षा गरेका छन्। उनका अनुसार भेटमा इरान युद्ध अन्त्य गर्ने र आणविक हतियार घटाउने विषयमा छलफल हुनेछ। आइतबार फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोभेम्बर १८ र १९ मा चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने सम्मेलनमा सहभागी हुने बताएका हुन्। उनले भने, 'मलाई लाग्छ, राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग एउटा बैठक हुनेछ।

त्यो रोचक हुनेछ। हामी आणविक हतियार घटाउनेसहित धेरै विषयमा छलफल गर्नेछौं। इरानमा जारी युद्ध अन्त्य गर्ने प्रयास पनि गरिरहेका छौं। ' ट्रम्पले यसअघि पनि सी र पुटिनसँग तीन देशबिच हतियार नियन्त्रणसम्बन्धी छलफल गर्न आफू तयार रहेको बताएका थिए।

उनले यस्तो छलफलको मुख्य उद्देश्य आणविक हतियार घटाउनु हुने बताएका थिए। यसैबिच, पुटिनले सम्भावित भेटलाई रूस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रयोग गर्न चाहेको बताइएको छ। सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रूस र युक्रेनबिच युद्ध जारी छ। ट्रम्पले हालै एक टेलिभिजन अन्तर्वार्तामा रूस-युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगेको दाबी गरेका थिए।