आगलागीबाट छ करोडको क्षति, सातवटा दमकलले बल्लबल्ल निभायो
Read the full story at Thaha Khabar

आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो। घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
उनका अनुसार, आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब तीन करोड, निरिका फार्मेसी तथा गोदाममा एक करोड र घरधनी मण्डलको घरमा दुई करोड बराबरको क्षति भएको छ। आगो आसपासका घरमा समेत फैलिएको थियो। आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएका थिए।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसमेत आगो नियन्त्रणमा खटिएका थिए। घण्टौँको प्रयासपछि आगो निभाइएको प्रहरीले जनाएको छ।
More business
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्तNepal Khabar
- बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षतिNepal Khabar
- बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्तNepal Khabar
- एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझावNagarik News
- Telangana Tourism showcases heritage and culture at WTM London 2026, seeks global spotlightThe Hindu