कार्यसञ्चालन कोषको ६३ अर्ब खर्चमा ३ अर्ब बेरूजु, सामान्य बजेटभन्दा ८ गुणा बढी जोखिम
Read the full story at Setopati

आर्थिक वर्ष २०८२/८३ मा यस्ता कोषबाट ६३ अर्ब ३५ करोड रुपैयाँ खर्च भएकोमा ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ बेरूजु कायम भएको छ। यो कुल खर्चको ३.४१ प्रतिशत हो। जबकि सामान्य बजेटबाट भएको खर्चमा बेरूजुको दर ०.४३ प्रतिशत मात्रै छ। यसरी कार्यसञ्चालन कोषको बेरूजु दर सामान्य बजेटको तुलनामा झन्डै आठ गुणा बढी देखिएको छ।
यसले कोषबाट भएको खर्चमा सामान्य प्रक्रियागत त्रुटि मात्रै नभई कानुन र निर्धारित मापदण्ड विपरीतका भुक्तानीसमेत ठूलो मात्रामा रहेको देखाउँछ। महालेखा नियन्त्रक कार्यालयले तयार पारेको 'आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)ले यस्तो अवस्था देखाएको हो। यसमा महालेखा नियन्त्रक कार्यालय र देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सम्पन्न ३ हजार ९८५ सरकारी निकाय तथा अन्तरसरकारी अख्तियारी अन्तर्गतका आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण समेटिएको छ। प्रतिवेदनअनुसार समीक्षा वर्षमा आन्तरिक लेखा परीक्षणबाट कुल १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रुपैयाँ बेरूजु कायम भएको छ।
अघिल्लो आर्थिक वर्षमा ९ अर्ब २४ करोड रुपैयाँ बेरूजु रहेकोमा यस वर्ष १ अर्ब ४४ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। त्यस्तै, असुलउपर गर्नुपर्ने बेरूजु ३२.०८ प्रतिशत अर्थात् ३ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ छ। नियमित गर्नुपर्ने बेरूजु १८.५७ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ छ।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- बजेट कार्यान्वयनमा सिँचाइ आयोजनाहरूको ‘उत्साहजनक सुरुवात’Nepal Khabar
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी रकम मौज्दात, आर्थिक सहयोग जुट्ने क्रम जारीDC Nepal
- आर्थिक क्षेत्रका महत्वपूर्ण निकाय राष्ट्र बैंकका क्याडरबाट भरिंदै, किन परे सरकारको रोजाइमा?Bizmandu
- What the Democrats' midterms win means for the US economy and TrumpDW