आर्थिक क्षेत्रका महत्वपूर्ण निकाय राष्ट्र बैंकका क्याडरबाट भरिंदै, किन परे सरकारको रोजाइमा?
Read the full story at Bizmandu
काठमाडौं। पछिल्लो समय आर्थिक क्षेत्रका महत्वपूर्ण निकायको प्रमुखमा राष्ट्र बैंकका बहालवाला र पूर्वकर्मचारीलाई प्राथमिकता दिन थालिएको छ। सरकारले बुधबार नेपाल बीमा प्राधिकरणसहित तीन निकायका प्रमुख नियुक्त गर्दा तीनै जना नेपाल राष्ट्र बैंकका क्याडर परेका छन्। बीमा प्राधिकरणको अध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनविक्रम थापाले नियुक्ति पाएका छन्। उनी बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागको प्रमुख थिए।
नियुक्तिपत्र लिंदै राजनविक्रम थापा निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति पाएका पिताम्बर भण्डारी पनि राष्ट्र बैंकको क्याडर हुन्। उनले केही समयअघि अवकाश पाएका थिए। अवकाशलगत्तै उनी सरकारी स्वामित्वको नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष बनेका थिए। नियुक्तिपत्र लिंदै पिताम्बर भण्डारी सरकारले नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका प्रताप सुवेदी पनि राष्ट्र बैंकका क्याडर हुन्। उनी ४ वर्ष राष्ट्र बैंकका सहायकका रुपमा काम गरेर त्यसपछि अधिकृतमा नाम निकालेर सरकारी स्वामित्वको कृषि विकास बैंकमा गएका थिए।
नियुक्तिपत्र लिंदै प्रताप सुवेदी गत चैत दोस्रो साता डा. स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि राष्ट्र बैंकका क्याडरले सरकारी नियुक्तिमा प्राथमिकता पाएका हुन्। उनकै पहलमा सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गत चैत २४ गते डा.
More business
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- ब्याजदर घटेसँगै बैंकमा घट्न थाल्यो मुद्दतीमा आउने बचत, ब्याज खाएर दैनिकी चलाउनेलाई तनावNepal Khabar
- भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्युNepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- Preparations underway to amend 59 Acts before investment summit, says Minister LamsalOnlinekhabar English
- आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयारOnlinekhabar (Nepali)