रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, पोखरा । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ। कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइड पोखराबाट सुरु भइ मुस्ताङसम्म पुगेको थियो। पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइडलाई अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले झन्डोत्तोलन गरी बिदाइ गरेका थिए।
यात्राका क्रममा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए। यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन रोयल इन्फिल्डको विशेष सेवा भ्यानसमेत परिचालन गरिएको थियो। लामो दूरीको यात्राका क्रममा मोटरसाइकलमा आउन सक्ने प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मतसम्भार सेवा उपलब्ध गराउने उद्देश्यले भ्यानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। महिला राइडरलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास बढाउने र राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ।
यसले महिला राइडरबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान र सामुदायिक भावनाको विकासमा समेत सहयोग पुर्याएको छ। यस्ता कार्यक्रमले महिला सशक्तीकरणसँगै नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउने छ।
More society
- अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयानNepal Khabar
- पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतोNepal Khabar
- तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)Nepal Khabar
- जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउNepal Khabar
- आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाइ हुने, बिहीबार भएन दर्ताNepal Khabar
- Nepali Congress alleges surveillance around Gagan Thapa amid arrest rumoursKathmandu Post