छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
Read the full story at Nagarik News

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। उनले आज पनि देशका केही स्थानमा आंशिक बदली भए पनि एक–दुई ठाउँमा मात्र छिटपुट वर्षा हुने सम्भावना रहेको र हिजो पनि एक–दुई स्थानमा मात्रै छिटपुट वर्षा भएको बताए। भोलि छठ पर्वका दिन भने पश्चिमी नेपालका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको उनले बताए।
पूर्वी नेपालका केही स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने उनको पूर्वानुमान छ। पोखरालगायत पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने तथा एकाध स्थानमा असिना पर्ने सम्भावना पनि रहेको छ। यद्यपि असिनाको सम्भावना कम रहेको पोखरेलले बताएका छन्।
उनले छठ पर्वका अवसरमा बाहिर कार्यक्रम आयोजना गर्दा वा यात्रा गर्दा मौसमको अवस्थालाई ध्यान दिन आग्रह समेत गरे। यसैबीच, बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणालीले नेपालमा वर्षा गराउने सम्भावना अहिलेसम्म निकै कम रहेको उनले बताए। यद्यपि त्यसका लागि अझै एक साताभन्दा बढी समय बाँकी रहेकाले मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने उनको भनाइ छ।
More environment
- चितवनका बलर चम्किँदा जनकपुरले दियो ८९ रनको लक्ष्यNepal Khabar
- नवनियुक्त चारै न्यायाधीशले लिए शपथNepal Khabar
- जनकपुर र चितवनको प्रतिस्पर्धामा उत्साहित समर्थक (तस्बिरहरू)Nepal Khabar
- चितवन प्लेअफ नजिक, हारसँगै बाहिरियो जनकपुरNepal Khabar
- नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौताNepal Khabar
- जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनालNagarik News