Skip to main content
राजनीतिNagarik News

आइजिपी हटाउने निर्णय: सरकार भन्छ पार्टीको निर्देशन, पार्टी भन्छ- ‘हामीलाई थाहै छैन’

Read the full story at Nagarik News

आइजिपी हटाउने निर्णय: सरकार भन्छ पार्टीको निर्देशन, पार्टी भन्छ- ‘हामीलाई थाहै छैन’

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयलाई लिएर सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच विरोधाभास देखिएको छ। सरकारका प्रवक्ताले पार्टीकै निर्देशनमा आइजिपीको जिम्मेवारी फेरबदल गरिएको दाबी गरिरहँदा पार्टी प्रवक्ताले भने आफूहरूले आइजिपी हटाउन कुनै निर्देशन नदिएको भन्दै सरकारी दाबीको खण्डन गरेका छन्। बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले भनेका थिए- ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ।

एक किसिमको संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भन्ने पार्टीबाट पनि निर्देशन आएको थियो। त्यो भएको हुनाले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो। ’ तर, रास्वपाका प्रवक्ता जगदिश खरेलले पार्टीले सरकारलाई कुनै पनि व्यक्तिलाई पदबाट हटाउन वा नियुक्ति गर्न निर्देशन नदिएको बताए।

प्रवक्ता खरेलले भने- ‘शनिबार बसेको सचिवालय बैठकले सञ्चार माध्यमका कार्यालयमा पुगेर प्रहरीले पत्रकार पक्राउ गर्ने कामको अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिएको थियो। तर कसैलाई पदबाट हटाऊ वा मुक्त गर भनेर निर्देशन दिएको थिएन। ’ सरकारका प्रवक्ताको भनाइबारे सोधिएको प्रश्नमा प्रवक्ता खरेलले थपे- ‘पार्टीले कसैलाई हटाउनू वा नियुक्त गर्नू भनेकै छैन।