कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल
Read the full story at Thaha Khabar
-1794327539.jpg&w=1920&q=70)
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ । प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा भएको उक्त सत्रमा एसियाली प्रविधि संस्थान (एआईटी) थाइल्यान्डका प्राध्यापक प्राडा शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण मिडल इस्ट टेक्निकल युनिभर्सिटी टर्कीएका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा मुकेश घिमिरेले गरेका थिए।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इ शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी थिए। छलफलको पहिलो चरणमा ऊर्जा पूर्वाधारमा हालैको क्षति र जलवायु उत्थानशीलताको आवश्यकता विषयमा चर्चा भएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा हालै भएका क्षतिहरूबारे जानकारी गराए।
इप्पानकी सदस्य गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रका चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो।
More environment
- कोप-३१ मा जलवायु र स्वच्छ ऊर्जा लगानीबारे छलफलNepal Khabar
- Central Pollution Body Explains Data Gaps On Diwali NightNDTV
- India's Oldest Industry Body FICCI Warns Air Pollution Costs $95 Billion AnnuallyNDTV
- Emma Watson joins Prince William’s campaign to tackle illegal wildlife tradeTimes of India
- भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदैNagarik News
- घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकसOnlinekhabar (Nepali)