Skip to main content
वातावरणOnlinekhabar (Nepali)

घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

Read the full story at Onlinekhabar (Nepali)

घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

सडकमा सवारी चालकहरूले अनुशासनहीन काम गर्दा तिहारमा घर पुग्न हतारिएका यात्रु घण्टौंसम्म सडकमा नै अलपत्र परेको प्रहरीको दाबी छ । २४, कात्तिक, चितवन । तिहारको टीका लगाउन वा लगाइदिन हिँडेका दाजुभाइ र दिदीबहिनीहरू पृथ्वी राजमार्गको घोप्टेभीरमा खसेको पहिरोका कारण सोमबार रातिदेखि अलपत्र परे । बल्लतल्ल खुलेको सडक फेरि राति १२ बजेपछि पहिरो आएर अवरुद्ध बन्यो । सडक डिभिजन कार्यालय भरतपुर र मुगलिन–मलेखु सडक विस्तार गर्ने ठेकदारका डोजरले रातिदेखि नै पहिरो पन्छाउने प्रयास जारी राखे ।

सडकमा सवारी चालकहरूले अनुशासनहीन काम गर्दा तिहारमा घर पुग्न हतारिएका यात्रु घण्टौंसम्म सडकमा नै अलपत्र परेको प्रहरीको दाबी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले निजी सवारी साधनका चालकहरूले हदैसम्म अनुशासनहीन चरित्र देखाउँदा सबै यात्रुलाई समस्या भएको बताए । त्यसपछि सम्झाउने–बुझाउने गरेर अगाडि बढाएको उनले बताए । ‘सम्झाइ–बुझाइ सडकमा लेनमा मिलाउने काम गर्नुपरिरहेको छ । हामी त निरीहजस्तै हुनुपर्ने अवस्था छ,’ उनले भने ।

यता घोप्टेभीरले सिर्जना गरेको समस्याले यात्रुहरूलाई भने घण्टौं हैरान पारेको छ । गैंडाकोटबाट काठमाडौं टीका थाप्न हिँडेका आशिक बरालले ५ घण्टाभन्दा बढी समय जाममा परेको भन्दै दुखेसो सुनाए । ‘जाम त खुलेको छ भनियो । तर सवारी साधनहरू सडकभरि मनपरी तरिकाले राखिएको थियो ।